थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १८ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ ।

४ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त हुँदा यसकै कारणले कसैको पनि ज्यान गएको छैन ।

देशभर १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहँदा एकैदिन ६४ हजार ३ सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर १ हजार ९ सय १६ जना होम आइसोलेसन, ४४ जना संस्थागत आइसोलेसन, २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*