प्रथम बागमती प्रदेश खेलकुदमा मकवानपुरलाई महिला फुटबलको उपाधी

हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगता अन्तर्गत महिला फुटबलको उपाधी मकवानपुरले जितेको छ ।

काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको फालइन खेलमा धादिङलाई १–० गोलले पराजित गर्दै मकवानपुरले महिला फुटबल तर्फ उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलका पहिलो हाफ र दोस्रोमा दुबै टोली गोल गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै मकवानपुरले पहिलो उपाधि जितेको हो ।

मकवानपुरका लागि सञ्जिता बोम्जन ९साम्भा० ले गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गरेको गोल उपाधि जित्न निर्णयक बन्यो ।

मकवानपुरलाई उपाधि दिलाउन निर्णयक गोल गरेकी सञ्जिता म्यानअफ द म्याच घोषित भइन् ।

प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत यसअघि हेटौंडामा सम्पन्न पुरुष फुटबलतर्फ ललितपुरलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*