नेपालमा घट्दै कोरोना संक्रमण , सक्रिय संक्रमित १,७५८ जना

हेटौंडा । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गइरहेको छ भने कोरोना जित्नेको संख्या बढीरहेको छ ।

पछिल्लो २४ घण्टामा पनि ८ जनामा कोरोना पुष्टि हुँदा २१० जनाले संक्रमणलाई जितेका छन् । शनिबार २ हजार ६५५ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाको कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*