मकवानपुरमा आगलागी र डढेलोका जोखिम बढ्दै

हेटौंडा । मकवानपुर जिल्लामा हिजो आज हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । जिल्लाका दश वटै स्थानीय तहमा आगलागीका घटना बढ्न थालेका हुन् । आगलागीका कारण बस्ती समेत जोखिममा परेको छ ।

यसवर्ष पनि चैत लाग्न सुरु भएपछी आगलागीका घटना दिनहुँजसो हुन थालेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ । आगलागी नियन्त्रणका लागि भने वन कार्यालयले खासै चासो दिएको छैन । आगलागी नियन्त्रणमा वन उपभोक्ता समितिहरु पनि त्यती सक्रिय छैनन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले अघिल्लो वर्षको तुलनामा अहिले कम डढेलो लागेको भए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

डढेलोको प्रकोपका हिसाबले गएको वर्ष दशकौँयताकै सबैभन्दा खराब वर्ष मानिन्छ । आगलागी तथा डढेलो लाग्न नदिन व्यक्ति र समुदाय नै सचेत हुनुपर्नेमा उहाँको जोड छ । आगोको सानो झिल्कोले ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन पनि उहाँको सुझाव छ ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*