नेप्से ४१ अंकले ओरालो लाग्यो

एजेन्सी । आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसुचक नेप्से ४१ अंकले ओरालो लागेर २५ सय ७२ मा आइ थामियो । कारोबार भने पछिल्ला दिनका तुलनामा सुधारिएर ५ अर्ब नजिक पुग्यो ।

आयतबार कारोबारमा आएका १३ वटा समूहको परिसुचक मध्ये निर्जीवन बीमा समूह बाहेक अरु सबै समूह ऋणात्मक रहे ।

निर्जीवन बीमा समूह १ प्रतिशतले सकारात्मक रहँदा सबैभन्दा उच्च अन्य समूह ४ प्रतिशत भन्दा धेरैले घटेकोछ । आज २ सय ३२ कम्पनीको ८९ लाख शेयर ४ अर्ब ९९ करोड बराबरमा खरिदबिक्री भएकोछ ।

आइतबारको कारोबारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत बढीले कमाएका छन् भने इमर्जिङ् नेपाल, राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताल पनि धेरैले कमाएका छन् ।

आइतबारको कारोबारमा मल्टी पर्पौज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् । कारोबार रकमको आधारमा आइतबार सबैभन्दा उच्च अपी पावर कम्पनीको २७ करोड ५६ लाख बढीको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*