टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौँ । काठमाडौंको सुन्दरीजलामा टिपरको ठक्करबाट स्कुल जान लागेका दुई बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को मेलम्ची चोकमा बुधबार बिहान टिपरको ठक्करबाट आफ्ना बाबुको साथमा स्कुल जाँदै गरेका दुई दिदी बहिनीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट दिदी ८ वर्षीया सृष्टि घिसिङ र ४ वर्षीया श्रेया घिसिङ को मृत्यु भएको हो । उनीहरुका बुवा रोहन घिसिङले दुबै छोरीहरुलाई बिद्यालय पुर्याउन मोटरसाइकलमा लिएर गएका थिए । रोहन भने घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले रोहनको बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । । टिपर चालक भने फरार रहेका छन् । दोषीलाई कारवाहीको माग गर्दे स्थानीयले घटना स्थलमा प्रदर्शन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*