जिर्ण बन्दै हेटौंडा – १ भैरवडाँडाको ‘मनमोहन भ्यु टावर’

हेटौंडा ।  देशभर भ्यु टावरको चर्चा हुँदै गर्दा बागमती प्रदेशको राजधानी हेटौंडा-१ भैरवडाँडामा रहेको  ‘मनमोहन भ्यु टावर’ भने जिर्ण बन्दै गएको छ ।

हेटौंडा सहरको मनोरम दृश्यावोलकनको लागि निर्माण गरिएको ‘मनमोहन भ्यु टावर’ संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो ।

तत्कालिन हेटौंडा नगरपालिकाका मेयर डोरमणी पौडेलले २०५२ सालमा शिलान्यास गरेको उक्त भ्यु टावर तीन महिनामै निर्माण सम्पन्न भएको थियो ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट नामाकरण गरिएको ‘मनमोहन भ्यु टावर’ २०७२ सालको भुकम्पले केहि भागहरु समेत चर्किएको छ ।

भ्यु टावरसंगै पाथिभरा मन्दिर समेत रहेको छ । मन्दिर दर्शनका लागि जानेहरु उक्त भ्यु टावरबाट हेटौंडा बजारको मनोरम दृश्य हेर्ने गर्छन् ।

भ्यु टावरको व्यवस्थापन समिति समेत रहेको छ । समितिले भ्यु टावर प्रवेशको शुल्क प्रतिव्यक्ति १० रुपँया उठाउँदै आएको छ । तर भ्यु टावर जिर्ण बन्दै गर्दा संरक्षण पुनः निर्माणको लागि भने कुनै कदम अघि सारेको देखिदैन् । ‘भ्यु टावर बनेको दुई दशक नाघिसक्यो । अहिले जिर्ण भन्दै छ,त्यही माथि २०७२ को भुकम्पले केहि भाग चर्काएको छ । एक स्थानीयले भने,पहिला भ्यु टावरमा शिसाको झ्याल थियो । सबै चर्केर फुटेर गयो,अहिले फलामको झ्याल राखिएको छ ।’

उनले भ्यु टावरलाई पुनः निर्माण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए । हेटौंडाको बुद्धचोकबाट करिब ५ किलोमिटर दुरीमा रहेको उक्त भ्यु टावर संरक्षणको पर्खाइमा रहेको छ । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*