ट्याक्टरबाट खसेर हेटौंडामा एक जनाको मृत्यु

हेटौंडा । ट्याक्टरबाट खसेर मकवानपुरको हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-८ का २३ वर्षीय राजेश मोक्तानको हेटौंडा-६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

मोक्तान गएराती नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट खसेका थिए ।

ट्रयाक्टरबाट खस्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गएराति चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*