नेपाललाई मलेसियाले दियो ११५ रनको लक्ष्य

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको हो।

मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए पनि अन्य कुनै पनि व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करन केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।

सिरिजमा नेपाल, मलेसिया र पपुवा न्यु गिनी ९पीएनजी० सहभागी छन्। नेपाल र मलेसिया दुबैले आफ्नो पहिलो खेलमा पीएनजीलाई पराजित गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*