प्रधानमन्त्री देउवाले भने – बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन्।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रहसमेत गरे।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रहरुले श्रोत–शक्ति जुटाएर बिमस्टेकलाई नयाँ जीवन दिनुपर्ने बताए।

कोरोना महामारीबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न बिमस्टेकले भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै उनले दीर्घकालिन आर्थिक र सामाजिक विकासको सुनिश्चितता गर्नुपर्ने बताए।

समावेशी रिकभरी योजना अवलम्वन गर्नुपर्नेमा उनले जोड दिएका थिए। भ्याक्सिनमा पहुँच, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाको विस्तारसँगै संरचनात्मक सुधार र भौतिक र मानव पुँजीमा गुणस्तरीय लगानी गनुपर्ने उनले जनाए।

बिमस्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनता–जनताबीचको सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा कदम चाल्नुपर्ने समेत उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*