हेटौंडामा पेट्रोलियम पदार्थको हाहाकार

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थ अभाव भएपछि उपभोक्ता मारमा परेका छन् ।

आज बिहानैबाट राजधानीको पेट्रोल पम्पहरुमा सवारीमा तेल हाल्नेहरुको चाप बढेको छ । तर अधिकांश पम्पहरुमा भने प्रेटोलियम पर्दाथ सटेज गरिएको छ ।

सरकारले पेट्रोलियमा बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि नेपाल पेट्रोलियम डिलर एसोसिएसन पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएसंगै पेट्रोलियम पर्दाथ सटेज भएको हो ।

नारायणी प्रेटोलियम डिलर एसोसिएसनका अध्यक्ष उत्सव इटेनीले सरकारले बिक्रेतालाई कसिसन बढाउनको सट्टा घटाएको भन्दै कमिसनको आन्दोलनको कार्यक्रम अन्र्तगत आजबाट प्रेटोलियम पर्दाथको अभाव सुरु भएको बताए ।

पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाए देशभर पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिए ।

‘आयल निगमले ज्याददी गर्यो,मूल्यवृद्धि आफ्नै किसमले गर्ने तर बिक्रेतालाई नहेर्ने । ५० वर्षदेखि हामीले पाईरहेको कमिसनमा कटौती भयो इटेनीले भने,बेक्रेताले पाईरहेको २.६ प्रतिशत कमिसन पनि घट्यो । पाईरहेको कमिसन पनि घट्यो । तेलको भाउ दिनदिनै बढ्ने तर कमिसन घट्ने । हाम्रो खर्च पनि नउठ्ने स्थिति आयो । हाम्रो माग पुरा नभएसम्म आन्दोन जारी रहन्छ । भोलिबाट प्रेटालियम पर्दाथको बिक्री ठप्प हुनसक्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*