मकवानपुरमा एक पुरुषको शव फेला

हेटौंडा । मकवानपुरमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको बागमती गाउँपालिका वडा नंबर ८ शान्तिपुरका ३५ वर्षीय पाल्टेन थोकरको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार शनिबार स्थानीय थोकरको शव आफ्नै घर नजिकै अन्दाजी ५० मिटर उत्तर बारीको रुखमा झुण्डिएको अवस्थामा फेला फेला परेको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यलय फापरबारी बाट प्रहरी निरीक्षकको कमाण्डको टोली गएर मुचुल्का उठाएर अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*