अपराजित रहँदै नेपाल फाइनलमा, फाइनलमा पीएनजीसँग भिड्ने

काठमाडौं । दिपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियामाथि ८५ रनको फराकिलो जित निकालेको हो । पराजित भएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको छ ।

दुबै टोलीको समान अंक भएपनि रन रेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १३८ रन बनायो ।

मलेसियाले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमायो । मलेसियाका जुबैदी जुल्कीफ्लेलाई कमलसिंह ऐरीले खाता नखोल्दै क्याच आउट गराए । मलेसियाले छैटौं ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । मलेसियाका विरन्दीप सिंहलाई कमलले ४७ रनमा क्याच आउट गराए ।

१०औं ओभरमो चौथो बलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाए । उनले सायद अजिजलाई १७ रनमा क्याच आउट गराए ।

मलेसियाले ११औं ओभरको पाँचौं बलमा आफ्नो चौथो विकेट गुमायो । मलेसियाका सार्विन मुनियाद १ रन बनाएर आउट भए । १३औं ओभरको दोस्रो बलमा मलेसियाले आफ्नो पाँचौं विकेट गुमायो । मलेसियाका कप्तान अहमेद फैजलाई ३३ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए ।

१५औं ओभरको चौथो र पाँचौं बलमा मलेसियाले लगातार दुई विकेट गुमायो । मलेसियाका मोहम्द आमिर १ रन र मोहम्द साहायदत्त ८ रन बनाएर क्याच आउट भए । दुबै विकेट दिपेन्द्रले लिएका हुन् ।

मलेसियाले १६औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । सायजरुल इदरुसलाई खाता खोल्न नपाउँदै सन्दीपले कट एण्ड बोल्ड आउट गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*