कंगोमा विद्रोहीको आक्रमणबाट नेपाली सैनिकको मृत्यु

काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ ।

विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको हो ।

मृतक सैनिकको परिचय खुलाइएको छैन । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएका नेपाली सैनिकको मृत्यु भएको सैनिक मूख्यालयले जनाएको छ ।

उता, संयुक्त राष्ट्रसंघका महासचिवले पनि विज्ञप्ति जारी गर्दै नेपाली सैनिकको मृत्युको पुष्टि गर्नुभएको छ । राष्ट्रसंघले शान्ति सेनामाथिको आक्रमण युद्ध अपराध हुने भन्दै कंगोको सरकारलाई घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न भनेको छ ।

सैनिक मुख्यालयका अनुसार कर्डन एण्ड सर्चका क्रममा विद्रोही मिलिसियाले अज्ञात स्थलबाट आक्रमण गरेका थिए । घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएकोमा उपचारका क्रममा घाइते सैनिकको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*