हेटौँडामा ईलेक्ट्रिक गाडी र स्कुटी बिक्री गर्दै ईभी कार्स एण्ड मोटर्स

मकवानपुर, २३ चैत्र । मकवानपुरको हेटौँडामा हेटौँडाकै पहिलो विद्युतिय गाडी तथा स्कुटर शोरुम संचालनमा आएको छ । हेटौँडा ११ थानाभर्याङमा अवस्थित चुरेहिल हस्पिटल नजिकै विद्युतिय गाडी र स्कुटर शोरुम ‘ईभी कार्स एण्ड मोटर्स प्रा.लि.’ संचालनमा आएको हो ।

संचालनमा आएसँगै शोरुममा विद्युतिय गाडी र स्कुटरबारे बुझ्न आउने ग्राहकहरुको संख्या बढेको संचालक युवराज आचार्यले जानकारी दिएका छन् । शोरुममा बिजुलीबाट चल्ने कार, सामान बोक्न मिल्ने पिकअप भ्यान, माइक्रोबस तथा स्कुटरहरु बिक्री भैरहेको सञ्चालक आचार्यले जानकारी दिए ।

पछिल्लो समयमा हेटौँडामा पनि ईलेक्ट्रिक गाडी तथा स्कुटरहरुको माग बढेको आचार्यले बताए । आफ्नो शोरुममा विद्युतिय सवारीका बारेमा बुझ्नका लागि ग्राहकहरु दिनदिनै आउने गरेको उनले बताए । अहिले उक्त शोरुमबाट हप्तामा ३/४ वटा विद्युतिय स्कुटर र माइक्रो बस बिक्री भईरहेको उनले बताए । उक्त शोरुमले बिक्री गर्ने विद्युतिय स्कुटर फुल चार्जमा १०० किलोमीटर साथै सानो गाडी २५० कि.मि गुड्ने उनको दाबी छ ।

विद्युतिय सवारीले वातावरणीय स्वच्छता कायम गर्ने मात्र नभई यसले ईन्धनको खपतलाई न्यून बनाउन महत्वूर्ण भूमिका खेल्ने गरेको छ । पछिल्लो समय डिजल पेट्रोल जस्ता ईन्धनको अभाव भएर यसको मूल्य निक्कै बढ्दो क्रममा छ । यस्तो अवस्थामा मानिसहरुको चासो विद्युतिय सवारी तर्फ बढेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*