मकवानपुरगढीको अध्यक्षमा युवा नेता रमिला घलानको दावी

चैत २४ , मकवानपुर । आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा(एमाले) की युवा नेता रमिला घलानले उमेद्वारी दिने घोषणा गर्नुभएको छ ।
मकवानपुरगढी देशको इतिहास अनि भविष्यको प्रचुर सम्भाव्यताको खानी रहेको तथा त्यस्ता सम्भाब्यताको खोजी युवापुस्ताबाट मात्रै सम्भव रहेको र आफूसँग सम्भावनालाई साकार बनाउन थुप्रै योजनाहरु रहेकाले आफूले अध्यक्षको दावी गरेको घलानले बताउनुभयो ।

“गढीका रानीसेरा, देखि मनकामना, सिमलटारदेखि बुढीचौसम्म फैलिएका विभिन्न जातजातीका बस्तीहरु हाम्रा सुन्दर गहना हुन अनि हाम्रा मिलिजुली बसेका विभिन्न जातजातीहरु साझा संस्कृति र सभ्यताका पहिचान हुन । ती बस्तीहरुलाई साच्चैनै एउटै बलियो धागोले उनेर सुन्दर माला बनाउनु छ । त्यो माला बनाउन आदरणीय बिदुर हुँमागाई ज्यूको नेतृत्वले धेरै सुन्दर कामहरु गरेको छ । तर कतिपय कामहरु अधुराछन् । मैले तिनै अधुरा कामहरु पुरा गर्न अनि गढीको इतिहासको संरक्षण गर्दै यहाँका गरिब, दलित, महिला, जनजाती तथा अल्प संख्यकको दुख सुखमा साथ दिन एवं गढीलाई सुन्दर पर्यटकीय पहाडी शहरकोरुपमा विकास गर्न आफनो उमेदवारी घोषणा हु” घलानले भन्नुभयो ।

“महिलाहरुलाई दोस्रो दर्जामा राख्ने प्रथाको अन्त्य गर्न, सबै नागरिकलाई समान हक स्थापित गर्न, पार्टीको आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन, शोषित, पीडित महिला, दलित आदिबासी, जनजाती सबै बर्गको अधिकारलाई स्थापित गर्न, नेकपा (एमाले) देशको एकमात्र राष्ट्रवादी पार्टी हो र समृद्धिको सम्वाहक पनि हो भन्ने कुरा शिद्ध गर्न मेरो उमेदवारी हो” उहाँले बताउनुभयो ।
आफूसँग एमालेको विभिन्न भात्रि संगठनहरु अनेरास्वसवयु, युवा संघ, चलचित्रकर्मी मञ्च अनेमसंघ हुँदै दुईकार्यकाल पार्टीको जिल्ला सदस्य रहेको तथा मकवानपुर गढीको राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य कार्यगरेको अनुभवका आधारमा आफूले गाउँपालिकाको अध्यक्ष पदमा दावी गरेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) विरुद्ध चारै तर्फबाट मोर्चाबन्धी भइरहेको अवस्थामा युवा, महिला, आदिबासी जनजाती भएको तथा राजनीतिक सामाजिक कार्यमा क्रियाशील भएको कारणले आफ्नो उमेदवारी अझ सान्दर्भिक हुने उहाँको भनाई छ । हाल जिल्ला सदस्यको दोस्रो कार्यकाल निर्वाह गरिरहनुभएकी घलान मकवानपुरकी लोकप्रिय युवा नेता हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*