बुचामा रुसी सेनाले गरेको नरसंहारले विश्व नै स्तब्ध , शवको थुप्रोमा आफन्त खोज्दै युक्रेनी

एजेन्सी । रुसले युक्रेनको बुचा शहरमा गरेको नरसंहारको तस्बीरले विश्वलाई नै स्तब्ध बनाएको छ ।

रुस र युक्रेनबीच युद्ध शुरु भएको बिहिबार (आज) ४३ दिन पुगेको छ । गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि बिना कारण आक्रमण गरेको शुरु गरेको हो । रुसी सेनाले युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारिदिएको छ । युक्रेनका धेरैजसो शहरहरु रुसी सेनाको बम र मिसाइल प्रहारबाट खण्डहरु बनेका छन् । त्यसमा रुसी सेनाले बुचा शहरमा गरेको युक्रेनी नागरिकको हत्याको तस्बीरले भने विश्वलाई नै निकै पीडा दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । युक्रेनलाई सहजै तरिकाले चाँडै आफ्नो नियन्त्रणमा ल्याउने विश्वास गरेको रुसले सोचे बिपरित युद्ध लम्बिएको छ । किनकि युक्रेनी सेनाले रुसी सेनाको डटेर प्रतिकार गरिरहेका छन् । युक्रेनलाई नियन्त्रणमा लिन नसकेपछि रुसी सेनाले सर्वसाधारण युक्रेनी नागरिकको जथाभावी हत्या गरेको छ । त्यसमा पनि बुचाको नरसंहार निकै कहाली लाग्दो रहेको छ ।

बुचा शहरमा ४ सय भन्दा बढी युक्रेनी नागरिकको शबहरु भेटिएका छन् । बुचामा बिनाकारण रुसी सेनाले युक्रेनी नागरिकको चिहान बनाएको छ । युक्रेनी नागरिकहरु त्यहाँ हराइरहेका आफन्तहरु भेटिन्छन कि भनेर ती शवहरुमा खोजिरहेका छन् । बुचा शहरमा प्रियजन नगुमाएका युक्रेनीहरु कोही छैनन् । सबैले आफन्त गुमाएका छन् ।त्यतिमात्र होइन बाँचेकाहरुले आफ्नो भएभरको भौतिक सम्पत्ति पनि गुमाएका छन् ।

वाँचेकाहरु आफ्ना मानिसहरुलाई भवनको भग्नावसेसमा, शवको थुप्रोमा र बारुदको खरानीमा खोजिरहेका छन् ।अन्तर्राष्ट्रिय संचार माध्ययका अनुसार रुसी आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिका छोरा र दुई साथीलाई उनले आफ्नो घरको बगैँचामा गाडेका छन् । रुसले युक्रेन आक्रमण गर्दा शुरुमा बुचालाई रुसी सेनाले कब्जा गरेको थियो । तर पछि युक्रेनी सेनाले आफ्नो कब्जामा ल्यायो । स्याटेरलाइट तस्वीरबाट बुचामा भएको रुसी सेनाले गरेको विनास स्पष्ट रुपमा देख्न सकिने पनि संचारमाध्यमहरुले जनाएका छन् । जहाँ स्कुल, अस्पताल र भवनहरू भग्नावशेषका रुपमा परिणत भएका छन् ।

महिलामाथि बलात्कार

युक्रेनले रुसी सेनाले युक्रेनी महिलाहरुलाई बलात्कार गरेर हत्या गरेको आरोप लगाएको छ । त्यहाँ यस्ता शवहरू भेटिएका छन् जसको हात बाँधिएको छ र्र टाउकोमा हात गोली प्रहार गरिएको छ । त्यस्तै रुसी सेनाले बालबालिकालाई पनि नछोडेको युक्रेनले जनाएको छ । निर्दोष बालबालिकाको रुसी सेनाले हत्या गरेको छ ।

रुसी राष्ट्रपतिका छोरीलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले युक्रेनको बुचामा युद्ध अपराध गरेको भन्दै रुसमाथि थप प्रतिबन्ध लगाएको छ । उसले पुटिनका दुइ छोरीहरु काटेरिना भ्लादिमिरोभना टिखोनोभा र मारिया भ्लादिमिरोभना भोरोन्टोभालाई प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले राष्ट्रपति पुटिनले परिवारका सदस्यको नाममा सम्पत्ति लुकाएको भन्दै उनका छोरीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*