जनता माविका तीन जना शिक्षक विरुद्ध यौन दुर्व्यवहारको उजुरी

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित जनता माविका तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुव्र्ववहारको किटानी जाहेरी दिएका छन् ।

घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरुले गएराति प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन् ।

कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन् ।

जनताका तीन जना शिक्षकहरू विरुद्ध पीडितले किटानी जाहेरी दिएका हुन् । विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् ।

निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरुलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरुलाई पक्राउ गर्ने तयारी भईरहेको बताए ।

तीन शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।

विद्यार्थीहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्। निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका थिए ।

विद्यालयमै विद्यार्थीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । पछिल्लो केहिदेखि विद्यालय बन्द रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*