हेटौंडा-१ भैरवडाँडा स्थित पाथीभरा मन्दिरमा विशेष पूजा

हेटौंडा । हेटौंडा-१ भैरवडाँडा स्थित धार्मीक पयर्टकीय स्थल पाथीभरा मन्दिरमा भईरहेको कोटिहोम महायज्ञमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।

पछिल्लो एकमहिना देखि भईरहेको बृहत ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ मा आज विशेष पूजा भएको छ ।

एक महिने कोटीहोम महायज्ञमा आज बिहान विभिन्न झाकी प्रदर्शन भएको थियो । मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी कार्यलय,हेटौंडाले ३० तोपको सलामी पनि दिएको थियो ।

पाथीभरा मन्दिर संरक्षण समिति अनुसार एक महिने कोटीमा आज लाख बत्ति बाल्ने कार्यक्रम रहेको र भोलि समापन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि गएको फागुन २६ गते अष्टमीबाट कोटीहोमको सुरु भएको थियो ।

मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएको भएपनि यस वर्ष भने बृहत रुपमा महायज्ञ गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट गुरुहरुको सहभागिता रहेको छ ।

कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने र पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*