मोटरसाइकल धुने क्रममा करेन्ट लाग्दा हेटौंडामा एक जनाको मृत्यु

हेटौंडा । मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले अन्दाजी ३५ वर्षीय सहदेव गोलेको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।
गोलेले हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप संचालन गर्दै आएका थिए ।

आज बिहान मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको निमित्त प्रहरी प्रवक्ता दासले बताए ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*