राक्सिराङमा चट्याङ लागेर एक महिलाको मृत्यु

हेटौंडा । चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु छ ।

चट्याङ्ग लागेर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा स्थानीय ४२ वर्षीया फुलमाया डिम्डुङको मृत्यु भएको हो ।

आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायाको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*