पश्चिम तराईमा ह्वात्तै बढ्यो गर्मी

काठमाडौं । एक साता यता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको छ ।

मौसम परिवर्तनसँगै गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ । नेपालगन्जमा देशभरिको सबै भन्दा बढी गर्मी महसुस भएको छ । आइतबार यहाँको अधिकतम तापक्रम ३८ र न्यूनतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।

धनगढी, भैरहवामा, दिपालय लगाएतका ठाउँहरुमा धेरै गर्मी भएको महसुस गरिएको छ । पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको छ । साथै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान कार्यालयले अनुरोध समेत गरेको छ ।

पश्चिम तराईमा ह्वात्तै गर्मी बढेपछि दैनिक ज्याला मदजुरी गरेर खाने वर्गलाई समस्या भएको छ । नेपालगन्ज लगायतका क्षेत्रमा दिउँसो सामान्य तातो हावासमेत चल्न थालेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*