२८ जिल्लाका लागि मतपत्र छापियो

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ ।

आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*