हेटौंडा–१८ गुम्बाँडाँडामा बुद्ध मुर्ति अनावरण

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाँडाँडामा २५ फीट उचाईको ढुङ्गाको बुद्द मुर्ती अनाबरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहका बीच मुर्ती अनावरण गर्नुृभएको हो । सम्पूर्ण कुमार लामाको अध्यक्षता मा मुर्ती अनावरण कार्यक्रम भएको हो ।

एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती निर्माण गरी अनाबरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रीयतामा हेटौँडा १८ गुम्बाडाँडामा बौद्ध मुर्ती निर्माण गरीएको हो ।

धार्मिक महत्वको मुर्ती अनावरण हुँदा वडानम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडा अध्यक्ष अनिल बानियाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मुर्ती निर्माण ब्यवस्थापन समितीका उपाध्यक्ष ज्योतीरत्न बज्राचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*