थप १० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३३९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८३७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*