कृषि गणना आजबाट : मकवानपुरमा १८ सुपरिवेक्षक र ७० गणक

हेटौंडा । आजबाट देशको ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको छ ।

देशभर वैज्ञानिक विधिले छनोट गरिएको वडामा कृषक परिवारसंग व्यक्तिगत अन्तर्वाताबाट कृषिसम्बन्धी विस्तृत विवरण संकलन तयारी रहेको प्रदेश कृषिगणना कार्यालय,हेटौंडाले जनाएको छ ।

देशभर कृषिगणना अधिकृत ७७ जना,सुपरिवेक्षक १५ सय जना र गणक ६ हजार रहेकोमा मकवानपुरमा कृषिगणना अधिकृत १ जना,सुपरिवेक्षक १८ जना र गणक ७० जना रहेका छन् ।

गणकले कृषकहरुले चलन गरेको जग्गाको अवस्था तथा पशुपन्छीपालन,अन्य खेती वातावरण लगाएत विविध विषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गर्ने छन् ।

कृषि गणनाको लागि मकवानपुरको १ सय २ वडा मध्ये ९१ वटा वडा नमुना परेका छन् भने गणना क्षेत्र १ सय ८५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*