सभापति लामाको अभिव्यक्तिप्रति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भत्र्सना

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफ्ना कार्यकर्तालाई गाली गर्दा प्रयोग गरेको शब्दप्रति यौनिक तथा अल्पसंख्यक समुदायले आपत्ति जनाएको छ ।

मंगलबार दिउँसो काँग्रेस पार्टी कार्यालय मकवानपुरमा आफ्नै कार्यकर्ताहरुले लगाएको ताला फोड्ने क्रममा उनले पार्टी कार्यालयमा तालाबन्दी गर्दासमेत केहि नबोल्नेहरुलाई हिजडा, नालायक बन्दै तुच्छ भाषा प्रयोग गरेका थिए ।

आबेगमा देखिएका लामाले ‘पार्टी कार्यालयमा ताला लगाउँदा कोहि बोल्न सक्दैन, माथिको कार्यकर्ता नेता बन्ने, आफ्नै कार्यकर्ता उदण्डहरुले काम गर्दा कोहि बोल्न नसक्ने, नालायकहरु, हिजडाहरु, पार्टी कार्यालयमा ताला लगाउँदा बोल्न नसक्नेहरु पार्टी कार्यालयमा नबसे हुन्छ भन्दै तल्लो स्तरको अभिव्यक्ति दिएका थिए ।

सभापति लामाले गालीको रुपमा प्रयोग गरेको हिजडा शब्दप्रति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बिरोध जनाएको हो । फ्रेन्डस् हेटौंडाकी संयोजकसमेत रहेकी किरण थापा (डियर किरण) ले सामाजिक सञ्जाल फेसबुकमार्फत् बिरोध जनाएकी हुन् ।

सभापति जस्तो गरिमामय पदमा बसेर हिजडा शब्दले आफ्नो राजनीतिक आन्तरिक द्वन्द्वमा यौनिक तथा अल्पसंख्यक समुदायलाई गालीको रुपमा प्रयोग गरिनु आफैंमा लज्जास्पद रहेको उनले बताए । साथै सभापति लामाले गाली गलौजमा हिजडा शब्द प्रयोग गरेकोमा भत्र्सना समेत गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*