एकैदिन १५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक सय तोकिएको छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ६०० सय थियो ।

त्यस्तै आज चाँदी अघिल्लो दिनभन्दा ३५ रुपैयाँल घटेका छ । महासंघको अनुसर आज चाँदी एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*