निजामती कर्मचारी संगठनद्वारा हेटौंडाकोे ओमबृद्धाश्रमलाई सहयोग

हेटौंडा । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको ३२ औं स्थापना दिनवसका अवसरमा आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । स्थापना दिवसका अवसरमा कर्मचारी संगठनका अध्यक्ष यादबिन्द्र पौडेलले ओम बृद्धाश्रमका अध्यक्ष शिद्धीलाल श्रेष्ठलाई नगद १० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभयो ।

स्थापना दिवसमा अरुखालका धेरै काम भन्दा पनि बृद्धबृद्धाहरुका लागि सहयोग पुगोस भनेर रकम हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । कार्यक्रममा निजामती कर्मचारी संगठन मकवानपुरका उपाध्यक्ष हेम पाठकले निजामती कर्मचारी संगठनले इतिहास देखिनै सेवा भावले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका पदाधिकारी, सदस्यहरु, ओम बृद्धाश्रमका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो । सहयोग रकमले बृद्धाममा रहेका बृद्धबृद्धाहरुको हितका निम्ती खर्च गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*