आज बस्दै राखेपको बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ ।

राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर नेतृत्वले स्वेच्छिक हिसाबले खेलकुद सञ्चालन गर्दा राखेपको बोर्ड बैठक अन्योलतमा पर्दै आएको थियो ।

अहिले भने राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि आह्वान गर्नुभएको हो । नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय बैठकका प्रमुख एजेण्डामा तय गरिएको बोर्डले जनाएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुदको आयोजनाका सम्बन्ध र एसियन गेम्सको सहभागीताको विषयमा पनि औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ । बोर्ड सदस्यको विवाद अझै अदालतमै रहेका कारण आफुले पदमुक्त गरेका र नयाँ नियुक्त गरेका बोर्ड सदस्यलाई युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराजले बैठकमा नबोलाएको बुझिएको छ ।

अदालतमा बोर्ड सदस्यको विषयमा अन्तिम फैसला आउन भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*