एकिकृत समाजवादीले मनहरीमा एकल उम्मेद्वारी दिने

हेटौँडा । नेकपा एकिकृत समाजवादीले मकवानपुरको मनहरी गाउँपालिकामा एकल रुपमा उम्मेद्वारी दिने भएको छ ।

पाँच दलीय गठवन्धनको घटक समेत रहेको समाजवादीले मनहरीमा भागवण्डामा कुनैपनि सिट नपाएपछि एकल रुपमा उम्मेद्वारी दिन लागेको हो ।

समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ तथा उपाध्यक्षमा मनिला विष्टलाई अघि सारेको छ । विष्ट यस अघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएकि थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*