नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित
काठमाडौं । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे ।
यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए ।
करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए ।
आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।
मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी सुन्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।
जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २र२ विकेट लिए ।
जितसँगै जिम्बावेले तीन खेलको सिरिज १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।