नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रम गर्दै नवौं राष्ट्रिय खेलकुदको लोगो र स्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदको नारा समेत सार्वजनिक गरिएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ ।

लोगो र मस्कट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै, दुई प्रर्दशनी खेल आयोजना गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*