देउवा र प्रचण्ड आज दाङ जादैँ

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ जादैँ छन्।

आज आईतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दाङ जान लागेका हुन्।

संयुक्त चुनावी गठबन्धनमार्फत स्थानीय तहको निर्वाचनमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरु दाङ आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितिले जनाएको छ।

जिल्ला समन्वय समितीको दक्षिण तर्फको शहिदमञ्च बृहत् कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउँसो २ बजे सम्बोधन तय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*