कर्राखोलामा डुबेर हेटौंडाका एक जनाको मृत्यु

हेटौंडा । हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।

खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*