स्वर्ण पदक विजेता सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन । उनको घर नेपालगञ्ज हो ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले झुण्डिएर आत्महत्या गरेको देखिएको छ । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको पनि प्रहरीले बताएको छ ।

घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगिएको छ । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा चौधरीले स्वर्ण पदक जितेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*