४४ अंकले बढ्यो नेप्से

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा ४४ अंकको सुुधार आएको छ ।

सोमबार पनि १२ अंकले बढेको नेप्सेमा मंगलबार ४४.१६ अंकको सुधार आउँदा परिसूचक २३१३ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६७ अंकले बढेर ४४७.१४ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेका छन् । कारोबार रकमा हिजोभन्दा ४ करोडले कमी आएको छ । हिजो १ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १ अर्ब ३५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

४४ अंकले नेप्से बढ्दा उपसूचक समूहहरू सबै बढेका छन् । जीवन बीमा २३६.८१, निर्जीवन बीमा १२४.०५ अंकले बढ्दा म्युचल फन्ड ०.०५ र लगानी समूह १.७ अंकले उकालो लागेका छन् । अन्य सबै समूह दोहोरो अंकले बढेका छन् ।

मंगलबार बरुण हाइड्रोपावर, नग्दी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त, युनिभर्सल पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावरका लगानीकर्ताले लगभग १० प्रतिशतले कमाएका न् ।

यस दिन २२६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*