मकवानपुरमा वर्षा भएपछि लाइन बसेर मतदान गर्न समस्या

हेटौंडा । मकवानपुरमा झझम पानी परेकाले आम नागरिकलाई मतदान गर्नका लागि निकै कठिनाइ भएको छ । बिहान एक चरणमा धेरै मतदान गरिए पनि दिउसो भने पानी परेकाले मतदान गर्नका लागि लाइन बस्न पनि समस्या भएको छ । जिल्लाका पानी पर्ने पूर्व अनुमान गरिएपनि साबधानी नअपनाउँदा थप समस्या भएको हो ।

जिल्लाका ३ सय ६५ वटा मतदान केन्द्रहरु मध्य धेरै मतदान केन्द्र बिद्यालयमा भएकाले केही सजिलो भएपनि मतदाताहरुले भने कठिनाइ भोगेका छन् । मत पेटिका भने सुरक्षित गरिएको छ । दिउसो ठुलो पानी परेकाले धेरै मतदाताहरु पानी रोकिएपछी मात्र मतदान गर्न जाने तयारी गरेका छन् । हेटौंडामा पानी परेकाले धेरै मतदाताहरु पानी रोकिएपछी मात्र मतदान गर्न जाने तयारी थालेका छन् ।

वर्षाका कारण मतदानस्थल जाने र मत हालेर फर्किने मतदाता प्रभावित भएका छन् । कतिपय वर्षा भएका स्थानका मतदान केन्द्रमा हिलो भएकाले मतदान कष्टपूर्ण बनेको छ ।

आज स्थानीय र पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान काठमाडौंसहित लुम्बिनी प्रदेशका पूर्वी भेगमा विहान वर्षा भएको छ । तराईका केही भागमा पनि वर्षा भइरहेको विभागले जनाएको छ ।

बर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न असहज भएपछि केही मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित गरिएको छ । इन्द्रसरोवर १ मा रहेको चन्द्रोदय प्राविमा केही समयको लागि मतदान स्थगित गरिएको हो । बर्षा रोकिएपछि मतदान कार्यलाई निरन्तरता दिने बताइएको छ । त्यस्तै, सोही गाउँपालिका वडा नम्बर २ मा रहेको पन्चकन्या मावि मतदान केन्द्रमा भने पानीको प्रवाह नगरी उत्साहजनक रुपमा मतदान भैरहेको छ । पानीबाट जोगिन प्लास्टिक र छाताको सहारामा इन्द्रसरोवरका मतदाताहरुले मतदान गरिरहेका छन् ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*