हेटौंडाको राप्ति पुल नजिकै बुद्धमुर्ति र पार्कको उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिका डा नम्बर–११ राप्ति पुल नजिकै (थानाभरर्याङ)मा पाथीभरा मन्दिरजाने बाटोमा बुद्धको मर्ति र पार्कको उद्घाटन् गरिएको छ । बुद्धजयन्तीका अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । बुद्धजयन्तीका अवसरमा उपमहानगरपालिकाको सार्वजनिक जग्गामा बुद्धको मुर्ति स्थापना गरेर पार्क पनि निर्माण गरिएको हो ।

थोरै जग्गामा पनि रमणिय पार्क निर्माण गरिएको हो । बुद्धको मुर्ति र फाउण्डेसन निर्माण गर्ने काम हेटौंडा–११ का समाजसेवी शिद्धीलाल श्रेष्ठले गर्नुभएको थियो । यसैगरी बुद्धपार्क निर्माण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको र त्यही अनुसार काम गरिएको मेयर हरि बहादुर महत बताउनुहुन्छ । यस क्षेत्रलाई अब पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदै लैजाने समेत उहाँले बताउनुभयो । सकारात्मक सोचका साथ काम गर्दा सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरपालिका प्रशासन साखाका प्रमुख रामकृष्ण थापा, लेखा अधिकृत जेकप श्रेष्ठ, स्थानीय समाजसेवीहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*