नेपाल युगाण्डाविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल आधाघण्टा ढिला गरी साढे १ बजेदेखि सुरु हुँदैछ ।

किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फबाट आजको टिममा परिवर्तन गरिएको छ ।

नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् ।

अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डासँगको शृंखला गुमाइसकेको छ ।

नेपालको सुरुवाती ११–
रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता रानामगर इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्मचार्य, सरिता मगर , कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*