बलात्कार पीडित युवतीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् ।

उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।

एक युवतीले सौन्दर्भ प्रतियोगिताको क्रममा आठ वर्षअघि आफूलाई आयोजक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार ९हिजो० पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पीडित युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*