मकवानपुरमा विभिन्न स्थानबाट लागु औषधसहित ३ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले विभिन्न स्थानबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जेठ ६ गते,प्रहरीले हेटौंडा-१५ पिपलबोट स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना १४ प ३१६४ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका छन् । हेटौंडा-११ बस्ने २८ वर्षिय सविन पहाडीले लुकाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला परेको प्रहरीले जनाएको ।

यसैगरी,जेठ ७ गते हेटौंडा-४ पारिजातपथ स्थित पैदल हिडिरहेका हेटौंडा ५ शान्तिनगर बस्ने १९ वर्षिय युवराज चौलागाईलाई पनि शंकास्पद लागेर जाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाईइएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट फेला पारे पछि प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी,हेटौंडा-१० बसपार्कबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नंबर ४ छतिवन घर भई हाल हेटौंडा-११ थानाभर्‍याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान पनि पक्राउ परेका छन् ।

घलानको झोला जाँच गर्दा लागु औषध नुर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट फेला परेकोले लागुऔषध सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनले पक्राउ परेका तीनैजना माथि आवश्यक अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*