कार्यस्थलमा हुने यौन दुर्व्यवहार न्यूनिकरण सम्वन्धी हेटौंडामा गोष्ठि

हेटौंडा । कार्यस्थलमा हुने यौंनजन्य दुर्व्यवहार न्यूनिकरण सम्वन्धी हेटौंडामा कार्यालय प्रमुख स्तरिय एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा गोष्ठि भएको हो । कार्यालयहरुमा पनि यैनजन्य दुर्व्यवहारका घटना हुने भएकाले यसलाई न्यूनिकरण गर्नका लागि गोष्ठि गरिएको हो ।

गोष्ठिमा वन मन्त्रालय अन्तरगतका १५ वटा डिभिजन वन कार्यालयका प्रमुखहरु, ५ वटा भू तथा जलाधार कार्यालयका प्रमुखहरुको सहभागितामा गोष्ठि गरिएको हो । वन मन्त्रालयका सचिब यज्ञनाथ दाहालको अध्यक्षता तथा वन तथा वातावरण मन्त्री बिशाल खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वन मन्त्रालय अन्तरगतका बिभीन्न जिल्लाका कार्यालय प्रमुखहरुको गोष्ठिमा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले सहजीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*