हेटौंडाको राप्तीरोडमा लागूऔषध गाँजा ५० के.जी सहित १ जना पक्राउ

हेटौंडा। हेटौंडाको मुख्यबजार राप्तीरोडबाट प्रहरीले ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा, अटो सहित १ जना पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्तीरोड बाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

नेवारपानी तर्फबाट हेटौडा तर्फ आउंदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा उक्त अटोमा लुकाई ल्याएको लागु औषध गांजा ५० किलो ४ सय ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

गाँजा संगै अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर– ७ सोनामाई बस्ने ३७ वर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*