हेटौंडा बसपार्क र बजार क्षेत्रमा बिशेष सरसफाइ

२० जेठ, हेटौंडा । टोल बिकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बजार क्षेत्रमा बिशेष सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

५० औं बिश्व बाताबरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार हेटौंडा १० स्थित बसपार्क र बजार क्षेत्रमा बिशेष सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले बिशेष सरसफाइ कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

टोल बिकास संस्थाहरुले हेटौंडा नगरीलाई हरित नगरी बनाउने अभियान अन्तर्गत हरेक हप्ता विभिन्न टोलहरुमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको र हरेक बर्षको विश्व बाताबरण दिवशको अबसरमा सप्ताहब्यापी रुपमा बिशेष सरसफाइ कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा लामा, हेटौंडा १० का जनप्रतिनिधिहरु, हेटौंडा उपमहानगरपालिका बाताबरण शाखा प्रमुख शान्ती बिक, हेटौंडा ५ का वडा सदस्य ज्ञान बहादुर थापा, टोल बिकास संस्था नगर समन्वय समितीका पदाधिकारी तथा सदस्यहरु तथा वडा समन्वय समितिका अध्यक्ष एवं पदाधिकारीहरु र टोलबासीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रमको छैठौं कार्यक्रमको रुपमा शनिबार बिहान बाताबरणमैत्री बृहत् साइकल र्यालीको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*