प्रचण्ड र बालेनबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भेटवार्ता गर्नुभएको छ ।

मेयर साहले आज (शनिबार) बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेट्नुभएको हो। भेटका क्रममा अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिनुभएको छ। अध्यक्ष प्रचण्डले बालेनको जित क्रान्ति भएको समेत उल्लेख गर्नुभयो ।

सोही भेटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले बालेन र बालेन जस्तै स्वतन्त्रलाई सदैव आफ्नो र आफ्नो पार्टीको सहयोग रहने सोत बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसक्नुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*