हेटौंडासहित देशको विभिन्न स्थानमा भारी वर्षा

हेटौंडा । शनिबार दिउँसो मकवानपुरको हेटौंडासहित देशको विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

केहि समय अघिदेखि भएको वर्षा भएको हो ।मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने जनाएको थियो ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार सो प्रणालीहरुको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*