लायन्स क्लब अफ मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौंडाः लायन्स क्लब अफ मकवानपुर डायमण्डको अध्यक्षमा इरोज न्यौपाने चयन हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न क्लबको बैठकबाट न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा विनोद पराजुली, सचिवमा शान्ति शर्मा, कोषाध्यक्षमा नयाराम चौलागाई चयन हुनुभएको छ । क्लबको बाँकी पदाधिकारी तथा सदस्यमा पहिलो बैठकले मनोनित गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*