नेपाल थाइल्याण्डसँग पराजित , सकियो विश्वकप सपना

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।

यस हारसँगै नेपालको विश्वकपमा छनोट हुने संम्भावना सकिएको छ ।

अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

छनोटको शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सृष्टि जैशीले अविजित ७ रन बनाईन्।

साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन् ।

यस्तै कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन ।

सानु राजवंशी र मनिषा राना सुन्य रनमा आउट भईन् । मनिषा कुमारी उपाध्याय ३ रनमा आउट भईन् ।

थाइल्याण्डका नन्थिता बोसुखामले ३ विकेट लिईन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाईन् ।

नेपालकी मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २र२ विकेट लिईन् । स्नेहा महराको नाममा एक विकेट रह्यो ।

नेपालको यो दोस्रो हार हो ।

नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

थाइल्याण्डको यो लगातार चौंथो जित हो ।

थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*