प्रदेश युवा परिषद् बागमतीको प्रथम स्थापना दिवस हेटौंडामा मनाइयो

हेटौंडा । प्रदेश युवा परिषद् बागमतीको प्रथम स्थापना दिवस बिबिध कार्यक्रम गरी हेटौंडामा मनाइएको छ । दिवसका अवसरमा आज बिहान हेटौंडामा शुभकामना आदान प्रदान, अन्तरक्रिया, रक्तदान तथा हेटौंडा अस्पतालमा फलफूल वितरण कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रत्यक स्थानीय तहमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने बताउनुभयो । अब युवा परिषद्ले तालिम दिदा रोजगारीको ग्यारेन्टीका साथ मात्र दिने बताउनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यावसायमा लैजानका लागि उहाँको सुझाब छ । युवालाई छोडेर समाजबादको परिकल्पना पनि गर्न नसकिने मन्त्री ढकालले बताउनुभयो । युवाहरुलाई राष्ट्र निर्माण गर्ने अभियानमा लगे मात्र मुलुक बन्ने र समृद्धी पनि आउने बताउनुभयो ।

युवाहरु बिदेशीएको र उनीहरुलाई रोक्नका लागि नीति बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका पूर्ब मन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामाले मुलुकका हरेक क्षेत्रमा युवाहरुलाई समेटनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले युवाहरु हप्ता उठाउने मात्र नभइकन नीति निर्माण र सरकार सञ्चालन गर्ने तह सम्म युवाहरुले दख्खल राख्नुपर्ने बताउनुभयो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष तथा कार्यक्रमका सभापति सन्तोष चौलागाईंले युवाहरुले आफ्ना हक अधिकार प्राप्तीका लागि मुखले मात्र नभइकन व्यवहारले काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको चौलागाईले जानकारी दिनुभयो । अब प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने बताउनुभयो ।

कार्यक्रममा प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिब धुर्ब गैडा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीन, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम लगतै सबै अतिथीहरुको सहभागितामा हेटौंडा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । रक्तदान कार्यक्रममा पनि युवाहरुको उत्साहजनक सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*